काठमाडौं – बझाङमा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सवार गाडी दुर्घटना हुँदा घाइते भएका दुईजनाको मृत्यु भएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटना हुँदा घाइते भएका उनकी श्रीमती अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको मृत्यु भएको हो ।
मन्त्री सिंहको अवस्था पनि गम्भीर रहेको छ । घाइते मन्त्री सिंह, उनका पीएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक घर्मराज जोशीलाई उपचारका लागि नेपालगन्ज लगिएको छ ।
प्रदेश सरकारको सुपप्र. ०१००१ झ ४८० नम्बरको मन्त्री सवार गाडी मंगलबार डडेल्धुराबाट बझाङ जाने क्रममा जयपृथ्वी राजमार्गको बागथलाको धारछडा भने स्थानमा दुर्घटना भएको हो।
गाडी सडकबाट करिब ५० मिटर तल कालङ्गा नदी किनारमा खसेको हो।