FLASH NEWS

दुर्घटना अपडेट : गम्भीर घाइते कानूनमन्त्रीसहित तीन जनालाई हेलिकोप्टरबाट नेपालगञ्ज लगियो


नेपाल आवाज ५ असार २०८०, मंगलवार १६:०५ मा प्रकाशित २००५ पाठक संख्या

धनगढी – बझाङमा भएको गाडी दुर्घटनामा परी गम्भीर घाइते भएका सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित तीन जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगञ्ज लगिएको छ ।


दुर्घटनाका घाइते चार जनामध्ये चालकबाहेक अन्य तीनजनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगञ्ज लगिएको हो ।

डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर आउने क्रममा मन्त्री सिंह चढेको सुपप्र. ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा पर्दा उनीहरू गम्भीर घाइते भएका हुन् ।

यो पनि पढनुहोस् : सुदूरपश्चिमका कानुनमन्त्री सवार गाडी दुर्घटना, ५ जना घाइते