FLASH NEWS

राजसंस्था फर्किने आस बाँकी छ : पशुपति समशेर राणा


नेपाल आवाज ६ असार २०८०, बुधबार १९:१५ मा प्रकाशित १६३९ पाठक संख्या

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले राजसंस्था फर्किने आस जीवित रहेको बताएका छन्।


बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद जबराले राजसंस्था फर्किने आस जीवित रहेको बताएका छन्।

उनले हिन्दु राष्ट्र कायम हुनुपर्ने पनि बताए। आफूहरु देश उदार प्रजातन्त्रबाट मात्रै विकसित हुन्छ भन्ने सोचमा रहेको बताए।

उनले भने,‘हाम्रा पाँचवटा उद्देश्य छन्। हामी राष्ट्रवादी हौँ। बहुदलीय प्रजातन्त्रप्रति हामी एकदम कटिवद्ध छौँ। हामी यो मुलुक उदार प्रजातन्त्रबाट मात्रै विकसित हुनसक्छ भन्ने सोचमा छौँ’, उनले भने, ‘यो मुलुक हिन्दु पनि हुनुपर्छ। बढी गौरवशाली श्रीपेच भयो भने राम्रो हुन्छ। आशा जहिले जागृत रहनुपर्छ  मान्छे आशा नभएर अगाडि बढ्न सक्दैन। यो आशा हामीसँग जीवित छ।’

उनले राप्रपासँग विचार मिल्नेहरुसँग मिलेर अगाडी बढ्ने सम्बन्धमा पनि सोचिरहेको बताएका छन्।