FLASH NEWS

काठमाडौँबाट गुजरातका लागि छुटेको बस धादिङको गल्छीमा दुर्घटना


नेपाल आवाज ८ असार २०८०, शुक्रबार १०:५१ मा प्रकाशित १६४५ पाठक संख्या

धादिङ – काठमाडौँबाट भारतको गुजरातको लागि छुटेको यात्रुबाहक बस धादिङको गल्छीमा दुर्घटना भएको छ ।


दुर्घटनामा केही यात्रुहरु घाइते भएका र तीमध्ये एक जना बच्चाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

एआर ०६ ई ७०३१ नम्बरको बस आज बिहान ८ः५५ बजे गल्छी गाउँपालिका–७ को गल्छी मोडमा अनियन्त्रित भएर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सन्तु जयसवालका अनुसार बसमा ३० जना यात्रुहरु थिए । तीमध्ये केही घाइते भएका र उनीहरुलाई अस्पताल पठाइएको उनले जानकारी दिए । घाइतेहरुमध्ये १०–१२ वर्षको एकजना बच्चाको अवस्था गम्भीर रहेको डिएसपी जयसवालले जानकारी दिए ।

बस दुर्घटना हुँदा सडक अवरुद्ध भएको थियो । अहिले भने बसलाई उठाइसकेकाले बाटो खुलिसकेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।