FLASH NEWS

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पत्नी शोक


नेपाल आवाज ८ असार २०८०, शुक्रबार ११:४० मा प्रकाशित १६८१ पाठक संख्या

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दकी धर्मपत्नी दिव्येश्वरी चन्दको ८२ वर्षको उमेरमा निधन भएको छ।


उच्च रक्तचाप, पक्षघात लगायत रोगबाट पीडित चन्दको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

उनको श्रीमान्,तीन दुई छोरा र दुई छोरी छन्। दिवङ्गत चन्द राप्रपा नेता जयन्त चन्दकी आमा हुन्। उनको आजै पशुपतिस्थित आर्यघाटमा हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिँदै छ ।

दिव्येश्वरीको निधनप्रति विभिन्न राजनीतिक दलका नेताहरुले शोक व्यक्त गरेका छन् ।