FLASH NEWS

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ


नेपाल आवाज १२ असार २०८०, मंगलवार १२:२५ मा प्रकाशित २७१९ पाठक संख्या

काठमाडौं – भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन्।


ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई उनैको निवास नक्सालबाट पक्राउ गरेकाे हो ।

ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा आरोपित उनी प्रहरीको फरारको सूचीमा रहेका थिए ।

यस प्रकरणमा गुरुङले शोभाकान्त ढकाल, रामप्रसाद सुवेदी तथा मालपोत कार्यालयका हुपेन्द्रमणि केसी र टीका घिमिरेसँगको मिलोमतो सबैभन्दा धेरै जग्गा खरिद गरेको पाइएको थियो ।

२०७७ सालमा विशेष अदालतले व्यवसायी  गुरुङसँग दुई करोड रुपैयाँ धरौटी माग गरेको थियो।  मुद्दा दायर भएको एक वर्षपछि उनी अदालतमा उपस्थित भएका थिए।