FLASH NEWS

भैरहवा–नयाँ दिल्ली सिधा उडान गर्ने तयारीमा नेपाल वायुसेवा निगम


नेपाल आवाज १३ असार २०८०, बुधबार १४:०६ मा प्रकाशित २८३९ पाठक संख्या

काठमाडौं –  नेपाल वायुसेवा निगम (एनएसी) ले भैरहवाबाट भारतको नयाँ दिल्ली सिधा उडान गर्ने भएको छ । हाल काठमाडौंदेखि नयाँ दल्ली उडान भरिरहेको निगमले क्षेत्रीय विमानस्थल भैरहवा, गौतमबुद्ध विमानस्थलबाट समेत सिधा उडान भर्ने भएको हो ।


गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई हवाईमार्फत नयाँ दिल्लीसँग जोड्ने र धार्मिक पर्यटक भित्र्याउन लक्ष्यसहित भैरहवा–नयाँ दिल्ली उडान शुरु गर्न लागिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । ढिलामा १५ दिनभित्र भैरहवा–दिल्ली उडान शुरु हुने समेत उनले बताए ।

साथै नेपाल वायुसेवा निगमले भैरहवाबाटै अर्को छिमेकी मुलुक चीनको हङकङसँग समेत सिधा उडान भर्ने तयारी गरेको प्रवक्ता पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार निगमले नयाँदिल्ली हङकङसहित अन्य मुलुकमा पनि भैरहवाबाट सिधा उडान विस्तारको योजना बनाएको छ । दुबई, कतारको दोहालगायत गन्तव्यमा पनि एनएसीले भैरहवाबाट सिधा उडान गर्नेछ ।