FLASH NEWS

ललिता निवास प्रकरण : पक्राउ परेकालाई म्याद थप गर्न सरकारी वकिलको कार्यालय लगियो


नेपाल आवाज १३ असार २०८०, बुधबार १४:४३ मा प्रकाशित २१०१ पाठक संख्या

काठमाडौं – ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका प्रतिवादीहरूलाई म्याद थप गर्नका लागि सरकारी वकिलको कार्यालय लगिएको छ ।


सीआईबीले सरकारी लिखत किर्ते गरेर बालुवटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको कसुरमा मंगलबार सात जनालाई पक्राउ गरेको थियो जसमध्ये तीन जनलाई कागज गराएर रिहा गरेको छ ।

अदालतबाट यसअघि नै स्टे अर्डर लिएका सुरेन्द्रमान कपाली, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा र हुपेन्द्रमणि केसीलाई प्रहरीले कागज गराएर रिहा गरेको छ ।

पक्राउ पर्ने अन्यमा पूर्व आयुक्त सुधीर शाह, भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ, तत्कालीन खरदार गोपाल कार्की र तत्कालीन शाखा अधिकृत धर्मप्रसाद गौतम रहेका छन् ।

बुधबार सरकारी कार्यालयमा चार जनालाई म्याद थपका लागि उपस्थित गराइएको हो ।