आज: | Wed, 27, Sep, 2023
FLASH NEWS

५० लाख दाइजो माग्ने बेहुलालाई ५ दिन थुनामा राख्न अनुमति


नेपाल आवाज १४ असार २०८०, बिहीबार १०:१७ मा प्रकाशित १११७ पाठक संख्या

काठमाडौं – मागे जति दाइजो नदिए बिहे रद्द गर्ने धम्की दिने अमेरिकाको ग्रिनकार्ड होल्डर बेहुलालाई ५ दिन थुनामा राख्न अदालततले अनुमति दिएको छ।

मंगलबार दिउँसो २ बजे काठमाडौंको नक्साललस्थित एक पार्टी प्यालेसको मण्डपबाट प्रहरीले सुनसरी घर भई हाल काठमाडौं-१३ स्थित ताहाचल बस्ने (अमेरिकाको ग्रिन कार्ड प्राप्त) ३२ को अनुराग रौनियारलाई पक्राउ गरेको थियो।

प्रहरीका अनुसार उनले बेहुली पक्षबाट ५० लाख रूपैयाँ दाइजो नपाए बिहे नै रद्द गर्ने धम्की दिएका थिए।

प्रहरीले थप अनुसन्धानका लागि म्याद थप गर्न रौनियारलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो। अदालतले विवाहसम्बन्धी कसूरमा ५ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको हो।

बेहुलीलाई गाली बेइज्जती र हातपात समेत गरेको कसुरमा काठमाडौं प्रहरी परिसरले उनलाई पक्राउ गरेको थियो।