FLASH NEWS

मुख्यमन्त्रीहरूको भेलामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड भोलि पोखरा आउने


नेपाल आवाज १४ असार २०८०, बिहीबार १८:५४ मा प्रकाशित ११९५ पाठक संख्या

पोखरा – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि (शुक्रबार) पोखरा आउने भएको छन् ।


गण्डकी प्रदेश सरकारको आयोजनामा सातै प्रदेशका मुख्यमन्त्रीहरूको भेलामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड पोखरा आउने कार्यक्रम तय भएको हो ।

गण्डकी प्रदेश सरकारकी प्रवक्ता तथा ऊर्जा मन्त्री सरस्वती अर्याल तिवारीका अनुसार शुक्रबार र शनिबार हुन लागेको मुख्यमन्त्रीहरूको भेलामा प्रदेशका अधिकार, एकीकृत विकासका बारेमा छलफल हुनेछ । यसअघि जेठ १० मा मुख्यमन्त्रीहरूको भेला तय भएको थियो । तर, प्रधानमन्त्री प्रचण्ड आउन नभ्याएपछि सम्मेलन स्थगित भयो।

शुक्रबार हुने मुख्यमन्त्रीहरूको भेला दोस्रो हो । पहिलोपटक २०७५ साल भदौ २१ र २२ गते गण्डकीका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको पहलमा भएको थियो । उक्त भेलाले आठ बुँदे घोषणापत्र जारी गरेको थियो ।