FLASH NEWS

पोखरामा गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिता सुरु


नेपाल आवाज १४ असार २०८०, बिहीबार १९:०० मा प्रकाशित १९०९ पाठक संख्या

पोखरा – पोखरामा गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिता सुरु भएको छ। प्रदेश खेलकुद परिषद् गण्डकीले आयोजना गरेको प्रतियोगिताबाट मुस्ताङ जिल्ला बाहिरिएको छ।


पोखरा रंगशालाको बहुउदेश्यिय कर्भडहलमा सुरु प्रतियोगिताको पहिलो चरणको लगतार २ खेलमा पराजित भएसँगै मुस्ताङ प्रतियोगिताबाट बाहिरिएको हो।

लिगकम नकआउट आधारमा खेलाइएको पहिलो खेलमा मुस्ताङ स्याङजासँग निकै कमजोर देखियो। पहिलो सेटमा २५–४ र दोस्रो सेटमा २५–१४ अंकसहित स्याङजाले जीत दता गरायो। मनाङसँग भएको दोस्रो खेल २६–२४, २५–२० अंकमा गुमाएसँगै मुस्ताङ घर फर्किएको छ।

प्रतियोगिताको पहिलो खेलमा म्याग्दी र कास्की जिल्लाको टोलली मैदान उत्रिएका थिए। महिला भलिबलमा अब्बल रहेको म्याग्दीसामु कास्की निरिह बन्यो। म्याग्दीले २५–६ र २५–१० अंकको साथ जित हासिल गर्‍यो।

गोरखासँग तनहुँ पराजित भएको छ। गोरखाले तनहुँलाई २–० को सोझो सेटमा पराजित गरेको हो। २५–१९ र २५–२१ अंकका साथ दुवै सेट गोरखाले हात पार्‍यो।

पर्वतसँग बाग्लुङ २–० को सोझो सेटमा पराजित भएको छ। पर्वतले २५–२० र २५–१५ अंकले पराजित गरेको हो।
पहिलो चरणको दोस्रो खेलमा कास्की विजयी भएको छ। कास्कीले लमजुङलाई २५–१९ र २५–१७ अंकले पराजित गरेको हो।
उता गोरखा भने दोस्रो खेलमा नवलपुरसँग पराजित भएको छ। नवलपुरले पहिलो सेट २५–९ अंकमा जीत हासिल गर्दा दोस्रो सेट २५–२२ मा नवलपुरले हात पा¥यो। तेस्रो सेटमा नवलपुरले २५–१६ को जीत दर्ता गराएको छ।

शुक्रबार पहिलो चरणकै खेलमा म्यादीसँग लमजुङले प्रतिस्पर्धा गर्नेछ। तनहुँसँग नवलपुर र स्याङजासँग मनाङको प्रतिस्पर्धा भएसँगै क्वाटरफाइनलको खेल सुरु हुनेछ।

फाइनल प्रतिस्पर्धा शनिबार हुने आयोजकले जानकारी दिएको छ। प्रदेशका ११ जिल्ला प्रतियोगितामा सहभागी छन्।
प्रतियोगिताको उपाधि विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ। उपविजेताले ७० हजार र तेस्रो हुनेले ४० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडी, स्पाइकर र सेटरलाई जनही ५/५ हजार रुपैयाँको साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।