FLASH NEWS

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ


नेपाल आवाज १५ असार २०८०, शुक्रबार १७:४३ मा प्रकाशित १९७५ पाठक संख्या

काठमाडौं – पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त, बानेश्वरको टोलीले रौनियारलाई पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताए ।


रौनियारलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय बाँकेले जिल्ला प्रहरी परिसर, काठमाडौंलाई पत्राचार गरेको थियो ।

पूर्वसांसदसमेत रहेका रौनियार र उनका छोरा सुमितविरूद्ध बाँके जिल्ला अदालतले गत वैशाख १० गते पक्राउ गर्न आदेश जारी गरेको थियो ।

रौनियार पर्सा क्षेत्र नं. ३ बाट निर्वाचित पूर्वसांसद् समेत हुन् । उनी संघीय समाजवादी फोरमबाट सांसद् निर्वाचित भएका थिए ।

रौनियारको पप्पु कन्स्ट्रक्सनले ठेक्का लिएर काम पूरा नगरेका धेरै योजना रहेका छन् ।