FLASH NEWS

श्री एअरलाइन्सका आजका सबै उडान स्थगित


नेपाल आवाज १७ असार २०८०, आईतवार ११:०९ मा प्रकाशित २१६७ पाठक संख्या

काठमाडौं –  श्री एअरलाइन्सले आजका सबै उडान स्थगित गरेको छ । विभिन्न जहाजमा पटक पटक प्राविधिक समस्या देखिएपछि श्री एअरलाइन्सले आजका सबै उडान बन्द गरेको प्रवक्ता अनिल मानन्धरले जानकारी दिए ।


हिजो पनि काठमाडौंबाट धनगढी उडेको जहाज अवतरण नगरी पुन काठमाडौं नै फर्किएको थियो । आजको लागि टिकट काटेका यात्रुलाई अरु जहाजमा पठाउने र पैसा फिर्ता गर्ने पनि उनले बताए ।

श्री एअरलाइन्ससँग अहिले ८ वटा जहाज रहेका छन् ।