FLASH NEWS

बालेन्द्र शाह विश्व मेयर संगठनको सदस्यमा नियुक्त


नेपाल आवाज १७ असार २०८०, आईतवार १२:३७ मा प्रकाशित १३४५ पाठक संख्या

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विश्वभरका मेयरहरूको साझा संगठन ‘वर्ल्ड एसोसिएसन अफ मेजर मेट्रोपोलिज’को सञ्चालक समितिको सदस्यमा नियुक्त भएका छन्।


मेयर शाह सन् २०२४ देखि २०२६ सम्मको कार्यकालका लागि उक्त समितिको सदस्यमा नियुक्त भएका हुन्।

वर्ल्ड एसोसिएसन अफ मेजर मेट्रोपोलिज सन् १९८५ मा स्थापना भएको संस्था हो। जसले महानगरहरूको स्थानीय र विश्वव्यापी चुनौतिहरू सम्बोधन गर्न कार्यसम्पादनलाई बढावा दिन र विश्वभरका राजनीतिक नेताहरू, नीति निर्माताहरू र व्यवसायीहरूबीचको एकता मार्फत् महानगरीय हितहरूको वकालत गर्न काम गर्दछ।

सहभागितामूलक र प्रभावकारी महानगरीय शासनले आर्थिक विकास, दिगोपन, सामाजिक एकता, लैङ्गिक समानता र जीवनको गुणस्तरलाई बढावा दिने महानगरीय क्षेत्रहरूको दृष्टिकोणलाई प्रवर्द्धन गर्ने यसको उद्देश्य रहेको छ ।

बालेनले उक्त जिम्मेवारीमा रहेर सदस्यहरूको सभाले तोकेको दिशानिर्देशहरू पूरा गर्नुपर्ने हुन्छ।