आज: | Sat, 09, Dec, 2023
FLASH NEWS

मुस्ताङ्गी राजाका जेठो छोराको बिहेमा गाउँपालिकाले दियो सार्वजनिक बिदा


नेपाल आवाज १७ असार २०८०, आईतवार १८:३७ मा प्रकाशित १७४७ पाठक संख्या

पोखरा – मुस्ताङको लोमन्थाङ  गाउँपालिकाले सोमबार (असार १८) सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मुस्ताङ्गी राजा झिग्मी सिट्टी पलवर विष्टका जेठा छोरा राजकुमार झिग्मी धिण्डुप फुन्छोक पलवर विष्टको बिहेमा विभिन्न कार्यक्रम मनाउन लागिएको भन्दै गाउँपालिकाले बिदा दिने निर्णय गरेको हो।

गाउँपालिका कार्यालय, शिक्षण संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको अध्यक्ष टसि न्हर्वु गुरूङले आइतबार जारी विज्ञप्तिमा जनाइएको छ।

‘प्रस्तुत विषयमा मुस्ताङ्गी ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक राजा झिग्मी सिट्टी पलवर विष्टका जेष्ठ सुपुत्र राजकुमार झिग्मी धिण्डुप फुन्छोक पलवर विष्टको शुभ विवाह उत्सव लोमन्थाङ गाउँपालिका क्षेत्रमा विविध कार्यक्रमका साथ मनाउन लागिएकोले मिति २०५०।०३।१८ गते सोमबारको दिन यस गाँउ कार्यपालिकाको कार्यालय मातहतका सम्पूर्ण कार्यालयहरु तथा शिक्षण संस्थाहरुमा सार्वजनिक बिदा दिइएको व्यहोरा सम्बन्धित सबैलाई जानकारीको लागि अनुरोध छ,’ जारी विज्ञप्तिमा भनिएको छ।