FLASH NEWS

संसद खुलाउन सिंहदरबारमा प्रचण्ड, देउवा र ओलीबीच छलफल


नेपाल आवाज २४ असार २०८०, आईतवार १२:३८ मा प्रकाशित १३८७ पाठक संख्या

काठमाडौं – सिंहदरबारमा प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूबीच छलफल जारी छ।


प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच अहिले छलफल भइरहेको हो।

उनीहरूबीच प्रतिनिधि सभाको अवरोध हटाउने विषयमा कुराकानी भइरहेको बताइएको छ।

सरदार प्रितम सिंहको बारेमा उनकी छोरी दीप सन्धुले लेखेको ‘रोड्स टु द भ्याली’ पुस्तकको यही असार १८ गते काठमाडौंमा आयोजित विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले विवादास्पद अभिव्यक्ति दिएका थिए । त्यसयता एमाले, रास्वपा र राप्रपाले सदनमा अवरोध गर्दै आएका छन् ।

सदनको अवरोध खुलाउन पहल नगरेको आरोप प्रधानमन्त्री प्रचण्डमाथि लाग्दै आएको बेला उनले छलफल सुरू गरेका हुन् ।