FLASH NEWS

ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ


नेपाल आवाज २४ असार २०८०, आईतवार १६:३३ मा प्रकाशित २९४१ पाठक संख्या

काठमाडौं – बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पूर्व नापी अधिकृत ध्रुव अर्याल र समरजंग कम्पनीका प्रमुख लोकहरि घिमिरे पक्राउ परेका छन्।


सरकारी जग्गा हिनामिना गरिएको आरोपमा उनीहरु आइतबार काठमाडौँबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)की प्रमुख एआईजी किरण बज्राचार्यले बताइन् ।

गृह मन्त्रालय मातहत रहेको समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख (नासु) रमेश कुमार पोखरेल, पशुपति टिकिन्छा गुठीको नक्कली मोही देव नारायण महर्जन, तत्कालीन वडा सचिव शिवजी भट्टराई, नापी कार्यालयका कर्मचारी घमान कुमार कार्की र ‘नक्कली मोही’ बाबुराजा महर्जन यसअघि पक्राउ परेका थिए ।

त्यस्तै, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीर कुमार शाह पनि पक्राउ परेका थिए ।

प्रहरीले यस प्रकरणमा ४०६ जनालाई प्रतिवादी बनाएर अनुसन्धान अघि बढाएको छ।