FLASH NEWS

इमर्जिङ कप खेल्न जाने नेपाली क्रिकेट टोलीकाे विदाई


नेपाल आवाज २५ असार २०८०, सोमबार ११:५६ मा प्रकाशित १०२१ पाठक संख्या

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले श्रीलंका भ्रमणमा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको छ ।


सोमबार काठमाडौंमा  युवा तथा खेलकुदमन्त्री डिग बहादुर लिम्बु र  क्यान अध्यक्ष चतुरबहादुर चन्द लगायतकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेका हुन् ।

नेपाली टाेलीले श्रीलंकामा आयोजना हुन लागेको एसीसी इमर्जिङ टिम्स एसिया कप २०२३  खेल्नेछ ।  नेपाली क्रिकेट टोलीले  टाेली आजै श्रीलंका प्रस्थान गर्नेछ  ।

टाेलीले केही दिन अघि मात्रै विश्वकप छनाैट खेल खेलेर स्वदेश फर्किएकाे थियाे ।  क्यानले आजै नेपालले आरिफ शेखको स्थानमा अलराउन्डर पवन सर्राफलाई समावेश गरेको छ ।

नेपाली टोलीमा रोहित पौडेल, आसिफ शेख, अर्जुन साउद, कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, देव खनाल, गुल्सन झा र सोमपाल कामी रहेका छन् ।

प्रतियोगिताका लागि भीम सार्की, श्याम ढकाल, प्रतिस जिसी, ललित राजबंशी, किशोर महतो, सन्दीप जोरा र सुर्य तामाङ पनि अँटाएका छन् । ज्ञानेन्द्र मल्ल नेपाली टोलीबाट बाहिरिएका छन् भने सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरी क्यानडामा आयोजना हुने ग्लोबल टी-२० का कारण राष्ट्रिय टोली बाहिर रहेका छन् ।

जुलाई १३ देखि २३ तारिखसम्म सन्चालन हुने प्रतियोगिताको पहिलो चरणमा नेपालले भारत ए, पाकिस्तान ए र यूएईसँग खेल्ने छ ।