FLASH NEWS

ललिता निवास प्रकरण : भूमि व्‍यवस्था विभागका पूर्व महानिर्देशक रुद्रबहादुर श्रेष्ठ पक्राउ


नेपाल आवाज २६ असार २०८०, मंगलवार २०:५४ मा प्रकाशित १४९५ पाठक संख्या

काठमाडौं – ललिता निवास जग्गा प्रकरणमा भूमिसुधार तथा व्यवस्था विभागका पूर्व महानिर्देशक रुद्रप्रसाद श्रेष्ठ पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार साँझ काठमाडौंबाट श्रेष्ठलाई पक्राउ गरेको हो ।


श्रेष्ठ २०६० सालमा भूमीसुधार विभागका महानिर्देशक थिए। २०६० सालमा ललिता निवासको केही जग्गा हालसाविक गर्ने नाममा राणा परिवारको नाममा दर्ता गर्ने निर्णय भएको थियो । त्यो काममा संलग्न भएको आरोप श्रेष्ठमाथि लागेको छ ।

श्री ५ को सरकार समरजंग कम्पनीको नाममा जग्गाधनी दर्ता श्रेस्ता कायम भएको जग्गा व्यक्तिविशेषको नाममा हालसाविक गरिदिनको लागि भूमिसुधार तथा व्यवस्थापन विभागबाट मिति २०५९/०६/२४ गते सहमति दिने निर्णय गरेको देखिएकोमा उक्त निर्णय प्रक्रियामा तत्कालीन महानिर्देशक रुद्रकुमार श्रेष्ठ संलग्न भएको छानबिन प्रतिवेदनमा उल्लेख छ।

श्रेष्ठसहित ललिता निवास जग्गा घोटाला प्रकरणमा पक्राउ पर्नेको संख्या १५ जना पुगेको छ ।प्रहरीले मंगलबार बिहान मात्रै मालपोत कार्यालयका तत्कालीन नायव सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्रलाई पक्राउ गरेको थियो ।