FLASH NEWS

राष्ट्रपति पौडेलले दिए प्रधानमन्त्री प्रचण्डलाई समवेदना


नेपाल आवाज २७ असार २०८०, बुधबार १३:४६ मा प्रकाशित १३२१ पाठक संख्या

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधनको खबरले आफूलाई अत्यन्त दुःख लागेको बताएका छन् ।


राष्ट्रपति पौडेलले बुधबार बिहान प्रधानमन्त्री दाहाललाई टेलिफोन गरेर दुःख व्यक्त गरेका हुन् । उनले दुःखको यस घडीमा प्रधानमन्त्रीसहित शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्ने कामना गर्दै गहिरो समवेदना पनि प्रकट गरेका थिए ।

बुधबार बिहान कार्डियाक अरेस्टका कारण नर्भिक अस्पतालमा ६९ वर्षको उमेरमा सीता दाहालको निधन भएको थियो ।

दिउँसो २ बजे पशुपतिस्थित आर्यघाटमा राष्ट्रिय सम्मानका साथ उनको अन्तिम संस्कार गर्ने समय तय भएको छ ।