FLASH NEWS

मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरूद्ध रिट निवेदनको सुनुवाइ सकियो, आजै आदेश आउने


नेपाल आवाज २७ असार २०८०, बुधबार १७:०० मा प्रकाशित १४८९ पाठक संख्या

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरूद्ध एमालेले सर्वोच्च अदालतमा गरेको रिट निवेदनको सुनुवाइ सकिएको छ । रिटमाथि आजै आदेश आउने बताइएको छ ।


गत बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थापाको नियुक्ति,बदर गरि संविधानको धारा १६८ को उपधारा ३ अनुसार आफुलाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्दै निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असार २२ गते शुक्रबार वारेसमार्फत् सर्वोच्चमा  रिट दायर गरेका थिए ।

नेकपा एमालेका तर्फबाट कोशी प्रदेशमा संसदीय दलका नेतासमेत रहेका कार्कीले नवनिर्वाचित मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ र सभामुख बाबुराम गौतमलाई विपक्षी बनाएर रिट दर्ता गरेका थिए ।

आजको मुद्दा सपना मल्लको इजलासमा परेको थियो । आजको सुनुवाइमा बरिष्ठ अधिवक्ता सतिस कृष्ण खरेल, बावुराम दाहाल, कृष्ण भक्त पोखरेल डा सुरेन्द्र भण्डारी र केदार दाहालले बहस गरेका थिए । यसअघि यस मुद्दामा लगातार तीन दिन पेसी तोकिएर पनि हेर्न नभ्याइनेमा राखिएको थियो ।