FLASH NEWS

अमेरिकी सहायक विदेशमन्त्री लु काठमाडौंमा


नेपाल आवाज २९ असार २०८०, शुक्रबार १३:२० मा प्रकाशित ८१७ पाठक संख्या

काठमाडौं – संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आइपुगेका छन् ।


लू दक्षिण एसियाली मुलुकको भ्रमणका क्रममा बिहान साढे ११ बजे काठमाडौं आइपुगेका हुन् । उनले आजै ४ बजे परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गर्ने कार्यक्रम तय भएको छ ।

भेटमा अन्य कुनै पनि राजनीतिक र कूटनीतिक विषयमा छलफल नहुने र प्रचण्ड पत्नी सीता दाहालको निधनप्रति समवेदना व्यक्त गर्ने कार्यक्रम मात्रै रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री र लुबीच बेलुकी ६ बजे बालुवाटारमा नै भेट हुने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।