FLASH NEWS

प्रहरी र सहकारी पीडितबीच माइतीघरमा झडप


नेपाल आवाज ३१ असार २०८०, आईतवार १३:०० मा प्रकाशित १२०१ पाठक संख्या

काठमाडौं –  सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिले बचतकर्ताको रकम फिर्ता गर्न नसक्ने सहकारी, फरार रहेका सञ्चालकलाई कारबाही गर्नुपर्ने मागसहित गरेको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ ।


आन्दोलनका क्रममा सडकमा अवरोध पु¥याएको भन्दै प्रहरीले केही सहकारी पीडितहरुलाई लाठी प्रहार गरी तितरवितर पारेर केहीलाई नियन्त्रणमा लिएको छ ।

आज बिहान माइतीघर देखि बानेश्वर क्षेत्रमा ¥याली निकाल्ने क्रममा सडकमा अवरोध पुगेपछि त्यहाँको सडकमा केहीबेर यातायात अवरुद्ध भएको थियो ।

सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिले बचतकर्ताको रकम फिर्ता गर्न नसक्ने सहकारी, फरार रहेका सञ्चालकलाई कारबाही गर्नुपर्ने, बचतकर्ताका समस्या छिटो भन्दा छिटो समाधान गर्नुपर्ने, सञ्चालकलाई राजनीतिक संरक्षण बन्द गर्नुपर्नेसहितका माग लेखेका प्लेकार्ड लिएर ¥याली निकालेका थिए ।

आफूहरूले बचत गरेको रकमको व्याज, बोनस मात्र नभएर मूलधन नै जोखिममा परेको भन्दै सहकारी लगानीकर्ताहरू ४५ दिनदेखि माइतीघरमा आएर विभिन्न विरोधका कार्यक्रमहरू गरिरहेका छन्।