FLASH NEWS

६० दिनभित्र सम्पत्ति विवरण बुझाउन सांसदहरूलाई निर्देशन


नेपाल आवाज ३१ असार २०८०, आईतवार १३:४४ मा प्रकाशित १५६७ पाठक संख्या

काठमाडौं – संघीय संसद्‌ सचिवालयले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य (सांसद)हरुलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ।


आर्थिक वर्ष २०७९/०८ समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन संसद् सचिवालयले आग्रह गरेको छ।

सांसदहरुले साउन १ गतेदेखि भदौ २८ गतेसम्म सम्पत्ति विवरण बुझाउन सक्नेछन्। सांसदहरुले आफ्नो तथा परिवारका सदस्यको नाममा रहेको सम्पत्ति तथा सम्पत्तिको स्रोत खुलाउने विवरण पनि पेस गर्नुपर्ने भनिएको छ।

संघीय संसद्‌ सचिवालयले एक सूचना जारी गर्दै भ्रस्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा(१)तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ को उपदफा (१) बमोजिम सम्पत्ति विवरण बुझाउन भनेको हो।

सम्पत्ति विवरण बुझाउँदा सांसदले आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सा स्पष्ट उल्लेख गरी पेस गर्नुपर्ने हुन्छ ।