FLASH NEWS

नक्कली पेस्तोल देखाई सर्वसाधारणलाई डर त्रास फैलाउँदै हिँड्ने २ जना पक्राउ


नेपाल आवाज १ श्रावण २०८०, सोमबार १८:५७ मा प्रकाशित १८४९ पाठक संख्या

जनकपुरधाम – नक्कली पेस्तोल देखाएर सर्वसाधारणलाई डराउने दुईजनालाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ।


सोमबार दिउँसो जनकपुरधामको महाविर चोकस्थितमा मोटरसाइकलमा सवार दुईजनाले हातबाट पेस्तोल देखाई स्थानीयमा डर त्रास फैलाउँदै हिँडिरहेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

पक्राउ पर्ने दुबैजना करिब १६ वर्षको रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए। उनका अनुसार दुबै किशोरलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दै जाँदा उनीहरुको हातमा रहेको पेस्तोल नक्कली रहेको र यो भन्दा पहिला पनि स्थानीयलाई डर त्रास देखाउने गरेका थिए।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।