FLASH NEWS

भ्रष्टारचारमा संलग्न दोषीलाई तथ्य र प्रमाणका आधारमा उन्मुक्ति दिइँदैन: गृहमन्त्री


नेपाल आवाज ३ श्रावण २०८०, बुधबार २०:५० मा प्रकाशित १३९३ पाठक संख्या

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार प्रकरणमा तथ्य र प्रमाणका आधारमा दोषी कसैलाई पनि उन्मुक्ति नदिइने स्पष्ट पारेका छन् ।


बुधबार काठमाडौंमा आयोजित ‘सुशासन’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा लगायत प्रकरणमा निष्पक्ष अनुसन्धान गर्न प्रशासनलाई निर्देशन दिएको भन्दै तथ्य र प्रमाणका आधारमा दोषी कसैलाई पनि उन्मुक्ति नदिइने स्पष्ट पारेका हुन् ।

उनले अहिले व्यक्ति भन्दा पनि तथ्य र प्रमाणका आधारमा अनुसन्धान अघि बढाइएको जिकिर गरे । त्यस्तै श्रेष्ठले राष्ट्र र जनताविरुद्ध भएका कामको प्राथमिकताका आधारमा अनुसन्धान अघि बढाइने पनि जानकारी दिए ।

श्रेष्ठले राजनीतिलाई सफा नगरेसम्म मुलुक परिवर्तन हुन नसक्ने भएकाले राजनीति सफा गर्ने अभियानमा आफू लागेको धारणा राखे ।