आज: | Sun, 10, Dec, 2023
FLASH NEWS

सय केजी सुन तस्करी प्रकरणमा भरिया होइन, मालिक समाउनुपर्छ: मन्त्री किराँती


नेपाल आवाज ५ श्रावण २०८०, शुक्रबार १८:५१ मा प्रकाशित १२१३ पाठक संख्या

काठमाडौं – पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सय केजी सुन तस्करी प्रकरणमा भरिया नभएर मालिकलाई समात्नुपर्ने बताएका छन्।

उनले शुक्रबार सामाजिक सञ्जालमा सुन काण्ड आफ्नो मन्त्रालयसँग सम्बन्धित नरहे पनि यसपटक भने सुनका वास्तविक मालिक समातिनुपर्ने जिकिर गर्दै स्टाटस लेखेका छन्।

उनले सुशासनबिना समृद्धि र समाजवाद सम्भव नहुने उल्लेख गर्दै भष्ट्राचार र तस्करी सह्य नभएको लेखेका हुन्।

उनले लेखेका छन्: सुशासन बिना समृद्धि र समाजवाद सम्भव छैन । भरिया होइन यसपालि चाही मालिक समाउनु पर्छ । सुन काण्ड हाम्रो मन्त्रालयसँग सम्बन्धित नरहेको कुरा स्पष्ट गर्दछु । तथापि भ्रष्टाचार र तस्करी हामी कसैलाई सह्य छैन ।