FLASH NEWS

मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा राष्ट्रबैंक


नेपाल आवाज ७ श्रावण २०८०, आईतवार ११:२० मा प्रकाशित १०८१ पाठक संख्या

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबार मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । मौद्रिक नीति पारित गर्नका लागि आइतबार बिहान राष्ट्रबैंक सञ्चालक समितिको बैठक डाकिएको छ ।


सञ्चालक समितिले राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले तयार पारेको मौद्रिक नीति पारित गरेपछि गभर्नर महाप्रसाद अधिकारीले आज अपरान्ह मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्रबैंक स्रोतले जनाएको छ ।

राष्ट्रबैंकमाथि अघिल्ला आर्थिक वर्षहरुको भन्दा खुकुलो मौद्रिक नीति ल्याउन राजनीतिक तथा निजी क्षेत्रको दबाव रहेको छ । तर, राष्ट्रबैंक भने आर्थिक तथ्यांक र देशको आवश्यकता अनुसारको मौद्रिक नीति ल्याउने अडानमा रहेको छ ।