FLASH NEWS

राष्ट्र बैंकद्वारा मौद्रिक नीति सार्वजनिकः बैंकदर यथावत, नीतिगत दर घट्यो


नेपाल आवाज ७ श्रावण २०८०, आईतवार १४:१७ मा प्रकाशित १२७३ पाठक संख्या

काठमाडौं –  नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति पारित गरेको हो । आज बिहानदेखि बसेको बैठकले मौद्रिक नीति पारित गरेको हो ।


मौद्रिक नीति पारितसँगै वेब साइटमार्फत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको मौद्रिक नीतिले नीतिगत दर घटाएर ६.५ प्रतिशत कायम गरेको छ ।

आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५० आधार विन्दुले घटाई ६.५ प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।

हाल यो दर ७ प्रतिशत रहँदै आएको थियो । यस्तै राष्ट्र बैंकले बैंकदरलाई ७.५ प्रतिशतमा यथावत राखी निक्षेप संकलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरेको छ ।