FLASH NEWS

सिटिजन्स बैंकको कन्ट्याक्टलेस कार्ड के हो ?


नेपाल आवाज २४ बैशाख २०८१, सोमबार ११:३६ मा प्रकाशित ४५७ पाठक संख्या

काठमाडौं । हाल नेपालका बैंकहरुमा नयाँ-नयाँ प्रविधिको प्रयोग अत्याधिक बढिरहेको छ। प्रविधिको प्रयोगले नेपालका बैंक तथा वित्तीय संस्थाहरूका ग्राहकहरुलाई सहजता पनि थपिएको छ। यस्तै एउटा सहज माध्यम हो ‘कन्ट्याक्टलेस कार्ड’ ।


डिजिटल बैंकिङ्गलाई सधैं प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंकले प्रयोगमा ल्याएको यो कन्ट्याक्टलेस कार्ड सेवा प्रयोग गर्न अत्यन्तै सहज रहेको छ।  बैंकका अनुसार कन्ट्याक्टलेस कार्ड अत्यन्त सहज ढंगबाट प्रयोग गर्न सकिन्छ । हाल यो कार्डमार्फत एकपटकको कारोबारमा दुई हजार रुपैयाँ र प्रतिदिन २० हजार रुपैयाँसम्म भुक्तानी गर्न सकिन्छ । भुक्तानी गर्नको लागि पिन आवश्यक पर्दैन। यो कार्ड प्रयोग गर्न मर्चेन्टले रकम प्रविष्ट गरेपछि पीओएस मेसिनको केही दूरीभित्र कार्ड देखाएमात्र पुग्छ तर स्वाईप गराउन वा कार्ड इन्सर्ट गरिरहनु पर्दैन।

भिजा कार्डमार्फत कारोबारभईरहेको बेलामा कन्ट्याक्ट लेस कार्ड सेवाले अब भिजा कार्ड भन्दा सहज कन्ट्याक्टलेस कार्ड बन्न पुगेको छ। पीओएसमा ट्याप गरी सजिलै कारोबार गर्न सकिने हुँदा बैंकिङ सुविधा प्रयोगकर्ताहरूलाई यो प्रक्रियाले थप सहज बनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरिबाट आफ्ना ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । बैंकिंग क्षेत्रमा सिटिजन्स बैंकले आफ्नो बेग्लै परिचय र छवि बनाउन सफल भएको छ।