FLASH NEWS

राष्ट्रपति पौडेल र चिनियाँ कम्युनिष्ट पार्टीका नेताबीच शिष्टाचार भेट


नेपाल आवाज ७ श्रावण २०८०, आईतवार २०:५८ मा प्रकाशित ११७१ पाठक संख्या

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोलीले शिष्टाचार भेटवार्ता गरेका छन् ।


चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका राजनीति ब्यूरो सदस्य युआन च्या च्युन नेतृत्वको टोलीले आइतबार शितल निवासमा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरेको हो।

भेटमा दुई पक्षीय हित तथा पारस्पारिक सम्बन्ध मजबुत बनाउने विषयमा छलफल भएको राष्ट्रपतिका परराष्ट्र विज्ञ डा सुरेश चालिसेले जानकारी दिए ।

भेटवार्तामा राष्ट्रपति पौडेलले ऐतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी रहेको र यस प्रकारका उच्च तहको भ्रमणले दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।

युआन श्रीलंका भ्रमण सकेर आइतवार नै काठमाडौं आइपुग्नुभएको हो।

सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत चेन सोङसहितको प्रतिनिधिमण्डलका सदस्यको उपस्थिति थियो भने परराष्ट्र विज्ञ चालिसे, राष्ट्रपति कार्यालय सचिव डिल्लीराज शर्मा,परराष्ट्र मन्त्रालयका चाइना डेक्स प्रमुख लोकबहादुर थापा लगायतको सहभागिता थियो।