FLASH NEWS

चीनमा विद्यालयको जिमको छाना खस्दा ११ जनाको मृत्यु


नेपाल आवाज ८ श्रावण २०८०, सोमबार ११:५८ मा प्रकाशित १८५५ पाठक संख्या

एजेन्सी – चीनमा एक विद्यालयको जिमको छत भत्किँदा हालसम्म कम्तीमा ११ जनाको मृत्यु भएको छ। चीनकाे सरकारी सञ्चारमाध्यमका अनुसार देशकाे उत्तरपूर्वी क्षेत्रमा वर्षाका कारण यो दुर्घटना भएको हो।


छत भत्किँदा १९ जना भित्र रहेको अधिकारीहरूले बताएका छन्। मृत्यु हुनेमा बालबालिकासमेत रहेको प्रत्यक्षदर्शीले सञ्चारमाध्यमलाई बताएका छन्। तर, यसबारे औपचारिक रूपमा अहिलेसम्म केही बताइएको छैन।

उक्त भवनका इन्चार्जलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटना हुनेबित्तिकै चारजना घटनास्थलबाट भाग्न सफल भएको अधिकारीहरूले बताएका छन्।