FLASH NEWS

ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ


नेपाल आवाज ८ श्रावण २०८०, सोमबार १७:०७ मा प्रकाशित १२१३ पाठक संख्या

काठमाडौं- ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।


उक्त जग्गा हिनामिना प्रकरणमा जोडिएर नक्कली मोही बन्दै जग्गा हडपेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले सञ्जय महर्जन र सकुलानन्द महर्जनलाई सोमबार पक्राउ गरेको हो ।

उनीहरुलाई ललितपुरको कुपण्डोलबाट पक्राउ गरिएको सीआइबीका एसएसपी दिनेश आचार्यले बताए । योसहित ललिता प्रकरणमा पक्राउ पर्नेको संख्या २२ पुगेको छ ।