FLASH NEWS

नेपाल भ्रमण सकेर स्वदेश फर्कियो चिनियाँ प्रतिनिधिमण्डल


नेपाल आवाज ९ श्रावण २०८०, मंगलवार १३:३७ मा प्रकाशित १२४३ पाठक संख्या

काठमाडौं – चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन च्या च्युन तीन दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएको छ ।


नेकपा माओवादी केन्द्रको निमन्त्रणमा नेपालका आएको चिनियाँ टोली स्वदेश फर्किएको हो । श्रीलङ्का हुँदै नेपालमा तीन दिन बिताएको प्रतिनिधिमण्डलले उच्चस्तरीय भेटवार्ता गरेको थियो ।

आइतबार नेपाल आएको चिनियाँ प्रतिनिधिले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गरेका थिए । इटालीको रोममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भर्चूअल मार्फत आइतबारै नेता युयान च्याच्युनले संवाद गरेका थिए ।

आइतबार राती माओवादी केन्द्रका पदाधिकारीसँग उनले डिनर मिटिङ गरेका थिए ।

सोमबार काँग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, सभामुख देवराज घिमिरे लगायतसँग संवाद गरेको प्रतिनिधिमण्डलले मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर स्वदेश फर्किएको हो ।