FLASH NEWS

राप्रपा नेपाल र संयुक्त राष्ट्रिय आन्दोलन मोर्चाबीच एकता गर्ने सहमति


नेपाल आवाज १४ श्रावण २०८०, आईतवार १७:१८ मा प्रकाशित ९८५ पाठक संख्या

काठमाडौं –  राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच एकता गर्ने सहमति भएको छ ।


यही साउन १६ गते राष्ट्रिय सभागृहमा दुई पार्टीबीच एकताको घोषणा गर्ने सहमति भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन् ।

राप्रपा नेपालका अध्यक्ष कमल थापा र मोर्चाका अध्यक्ष तारानाथ लुइँटेलसहित दुबै पक्षका वार्ता टोलीसहितका नेताहरूको उपस्थितिमा एकतासम्बन्धी सहमति भएको भन्दै राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले एकतापछि जनआन्दोलनको तयारीमा लाग्ने समेत बताए ।

पार्टी अध्यक्ष कमल थापाले सहमति पछि सामाजिक सञ्जाल ट्विटमार्फत ‘राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच एकता गर्ने समझदारी पत्रमा हस्ताक्षर, साउन १६ गते राष्ट्रिय सभागृहमा घोषणासभा हुने, संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्था अन्त्यगरी हिन्दु अधिराज्य, सुशासन र समृद्ध नेपाल निर्माण गर्ने संकल्प, निकट भविष्यमा जनआन्दोलन गर्ने’ जानकारी दिएका छन् ।