FLASH NEWS

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका थापाद्वारा दाबी पेस


नेपाल आवाज १६ श्रावण २०८०, मंगलवार १७:१३ मा प्रकाशित १०५१ पाठक संख्या

मोरङ – कोशी प्रदेशको मुख्यमन्त्रीका लागि गठबन्धन दल कांग्रेसका नेता उद्धव थापाले दाबी पेस गरेका छन् ।


मंगलबार बहुमत सदस्यसहित प्रदेश प्रमुख परशुराम खापुङसमक्ष कांग्रेस संसदीय दलका नेता थापाले दाबी पेस गरेका हुन् ।

माओवादीबाट सभामुख बनेका बाबुराम गौतमलाई पदबाट राजीनामा दिन लगाई गठबन्धन दलहरुले बहुमत पुर्‍याएका छन् ।