FLASH NEWS

कोशी प्रदेश : नवनियुक्त मुख्यमन्त्री थापाको शपथ ग्रहण साँझ ५ बजे


नेपाल आवाज १७ श्रावण २०८०, बुधबार ११:२२ मा प्रकाशित १०७५ पाठक संख्या

विराटनगर – कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथ ग्रहण स्थगित भएको छ ।


साढे १० बजेका लागि तय भएको मुख्यमन्त्रीको शपथग्रहण कार्यक्रम स्थगित भएको हो । मुख्यमन्त्री थापाको शपथग्रहण समय साझ ५ बजेसम्मका लागि सारिएको छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता थापा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थनमा मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

गठबन्धनमा भागबन्डा मिलाउनका लागि मुख्यमन्त्री थापाले बिहानको शपथग्रहण बेलुकाका लागि सारेका बताईएको छ ।

मन्त्रालयको बाँडफाट टुङ्गो लगाएर शपथग्रहण गर्ने तयारी भएकाले समय सारिएको हो । सत्तारुढ गठबन्धनभित्र नेकपा माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना मन्त्रालय पाउने सहमति छ ।

एकीकृत समाजवादी पार्टीले भने भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरेको छ । कांग्रेसभित्र पनि कसलाई सरकारमा लैजाने भन्ने विवाद छ । जसका कारण उनले शपथग्रहणको समय सारेका हुन् ।