FLASH NEWS

कोशीका मुख्यमन्त्री थापाले लिए पद तथा गोपनीयताको शपथ


नेपाल आवाज १७ श्रावण २०८०, बुधबार १७:५७ मा प्रकाशित १२९१ पाठक संख्या

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।


मुख्यमन्त्री थापालाई प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले बुधबार साँझ शपथ गराएका हुन् ।

थापासँगै ३ जना मन्त्रीहरूले पनि सपथ लिएका छन्। प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थन पाएका थापालाई मंगलबार मुख्यमन्त्री नियुक्त गरेका थिए।

नवनियुक्त मन्त्रीहरुमध्ये माओवादीका बाबुराम गौतमले आर्थिक मामिला तथा योजना, एकीकृत समाजवादीका कमल जवेगुले भौतिक पूर्वाधार र कांग्रेसका प्रदीप सुनुवारले खानेपानी, सिंञ्चाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन्।