FLASH NEWS

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका दुई जना थुनामुक्त


नेपाल आवाज १८ श्रावण २०८०, बिहीबार १७:५३ मा प्रकाशित १४२९ पाठक संख्या

काठमाडौं – ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका दुई आरोपी रिहा भएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीहरूलाई थुनामुक्त गरेको हो ।


पक्राउ गरेका समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र सिद्धिका खेतानलाई सीआईबीले थुनामुक्त गरेको हो ।

पोखरेललाई स्वास्थ्यको कारण देखाउँदै जिल्ला अदालत काठमाडौंले हाजिर जमानीमा छाड्न आदेश दिएपछि छोडिएको सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्यले बताए ।

खेतानलाई आफ्नो नाममा भएको करिब ७ आना जग्गा फिर्ता गर्ने बताएपछि छाडिएको आचार्यले बताए । ललिता निवास जग्गा प्रकरणमा अब २० जना हिरासतमा रहेका छन् ।