FLASH NEWS

सुन तस्करी प्रकरण : पक्राउ परेकालाई ७ दिन हिरासतमा राख्न अदालतबाट अनुमति


नेपाल आवाज २२ श्रावण २०८०, सोमबार २१:०५ मा प्रकाशित १८७३ पाठक संख्या

काठमाडौं – काठमाडौं जिल्ला अदालतले करिब एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेकालाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।


सोमबार अदालतले पक्राउ परेका १७ जनाको म्याद मिलान गर्दै ७ दिन हिरासतमा राख्न अनुमति दिएको प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी कुवेर कडायतले जानकारी दिए ।

अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसपी सन्जयसिंह थापा नेतृत्वको टिमले सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको छ ।

राजश्व अनुसन्धान विभागले साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट छुटेको सामानबाट करिब एक क्विन्टल सुन बरामद गरेको थियो ।

हङकङको क्याथे प्यासिफिक एअरबाट भित्रिएको ब्रेक शू मा लुकाइएको अवस्थामा सुन बरामद भएको थियो ।