FLASH NEWS

प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी


नेपाल आवाज २४ श्रावण २०८०, बुधबार १२:०७ मा प्रकाशित २११९ पाठक संख्या

काठमाडौं – बालुवाटारमा तीन दलको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवासमा जारी छलफलमा प्रधानमन्त्रीसमेत रहेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सहभागी छन् ।


तीन दलको शीर्ष नेताबीच संसदको अवरोध हटाउने विषयमा छलफल भइरहेको हो । सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षी दल एमालेले संसद अवरोध गर्दै आएको छ ।

हिजो पनि गृहमन्त्रीको जवाफ सुनेपछि संसद अवरोध गरेको एमालेले आज पनि सरकारले अडान नछाडे अवरोध जारी नै राख्ने तयारी गरेको छ ।