FLASH NEWS

सरकारलाई सन्जिप राईको सुझाव- कृषि उत्पादनलाई बजारको सुनिश्चित गरिनुपर्ने


नेपाल आवाज १५ कार्तिक २०८०, बुधबार १९:३२ मा प्रकाशित ९९७ पाठक संख्या

नेकपा एकीकृत समाजवादीनिकट युवा संघ नेपालका नेता एवं प्रवक्ता सन्जिप राईले सामाजिक सञ्जाल फेसबुकमार्फत् सरकारलाई सुझावसहित धारणा सार्वजनिक गरेका छन् ।प्रवक्ता राईले हाम्रो गाउँ घर टुथलेस र युथलेस मात्र भएकोले उत्पादन केही नभएको, जमिनहरु बाँझो र उजाड भएको बताएका छन् । उनले सहर बजारका अधिकांश सटर खाली र पसलहरु बन्द भएका बताए ।
दलाल पँुजीवादका कारण दशैँ, तिहार, छठजस्ता राष्ट्रिय पर्वहरुको रौनकता घटेको भन्दै उनले पुँजीवादी व्यस्थालाई निर्मूल पार्न समाजवादी क्रान्ति अपरिहार्य रहेको र यसका निम्ति राज्यले तत्काल युवा पलायन रोक्ने नीति अवलम्बन गर्नुपर्ने बताएका छन् ।–बेरोजगारी युवाहरूलाई सीपमूलक तालीम प्रदान गरि योग्यता अनुसारको कामको ग्यारेन्टी गर्नुपर्ने ।– नेपाली कृषि उत्पादनलाई राज्यले बजारको ग्यारेन्टी गरि युवाहरुलाई कृषि उद्यमशीलतासँग जोडनुपर्ने ।– युवा उद्यमी कर्जाका लागि सफ्ट लोन प्रदान गर्नुपर्ने ।– विज्ञान र प्रविधिमैत्री बनाउन युवाहरूलाई व्यापकतम तालीम प्रदान गरि उत्पादनमा जोडनुपर्ने ।प्रचण्ड नेतृत्वको सरकारमा एकीकृत समाजवादीबाट दुई जना सरकारमा सहभागी भएका छन् ।