FLASH NEWS

एनसेलबारे सत्यतथ्य विवरण सार्वजनिक गर्न राप्रपा नेपालको माग


नेपाल आवाज २१ मंसिर २०८०, बिहीबार १४:५७ मा प्रकाशित १४५९ पाठक संख्या

काठमाडौं – कमल थापा नेतृत्वको राप्रपा नेपालले एनसेल प्रकरणबारे सत्यतथ्य यथार्थ विवरण सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।


बिहीबार विज्ञप्ति जारी गर्दै राप्रपा नेपालले यस्तो माग गरेको हो ।

“नेपालको कानूनबमोजिमको प्रक्रिया अपनाएर कारबाही अगाडि बढाउन र देशमा भित्रिने वैदेशिक लगानीलाई प्रोत्साहित गराउने एवम् भ्रष्टाचारलाई दुरुत्साहन र नियन्त्रण गर्नका साथै उक्त एनसेल प्रकरणको बारेमा सत्यतथ्य के हो यथार्थ विवरण सार्वजनिक गर्न राप्रपा नेपाल सरकारसँग जोडदार माग गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।