FLASH NEWS

राप्रपाको निष्कर्ष- शासन व्यवस्था असफल भइसक्यो


नेपाल आवाज २१ मंसिर २०८०, बिहीबार १६:३३ मा प्रकाशित १७४१ पाठक संख्या

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यथास्थितिमा देश अघि बढिरहन नसक्ने निष्कर्ष निकाल्दै सडक आन्दोलन अपरिहार्य रहेको जनाएको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले देशको शासन व्यवस्था असफल भइसकेको भन्दै यस्तो निष्कर्ष निकालेको हो ।


बैठकले राजनीतिक, सामाजिक र आर्थिक रुपले देश संकटपूर्ण अवस्थामा रहेको र देशको नेतृत्व तथा शासन व्यवस्था असफल भइसकेको भन्दै सडक आन्दोलनको अपरिहार्यतामा जोड दिएको हो । बैठकले राजसंस्था, हिन्दुराष्ट्र पुनःस्थापना, संघीयता खारेजी एवं सुशासन तथा जनजीविकाका पक्षमा आन्दोलन गर्न गठित मस्यौदा समितिको प्रस्तावलाई परिमार्जनसहित पारित गरेको छ ।

बैठकपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्दनेले आन्दोलनमा सहकार्यका लागि समान बिचार राख्ने राजनीतिक दल, संघसंस्थाहरु र अभियान्तालाई आह्वान गर्ने निर्णय गरिएको समेत बताए ।