FLASH NEWS

क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने सङ्कल्प गरौँ: प्रधानमन्त्री


नेपाल आवाज १६ माघ २०८०, मंगलवार १२:५० मा प्रकाशित ७९३ पाठक संख्या

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने सहिदहरू विगत, वर्तमान र भविष्यका निम्ति समेत सबैका लागि प्रेरणाका श्रोत र पथप्रदर्शक रहेको बताएका छन् ।


मंगलवार सहिद दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आजको दिन महान् शहीदहरूको स्मरणका साथै देश गरेको अठोटलाई शिरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभार पूरा गर्न सङ्कल्प गर्न आग्रह गरे । उनले सहिदका सपना पूरा गर्न मन, वचन र कर्मले सबै क्रियाशील रहन आवश्यक रहेको बताए ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले शहीदहरूप्रति श्रद्धापूर्वक स्मरणका साथ हार्दिक श्रद्धाञ्जली अर्पण समेत गरे ।