FLASH NEWS

जाँचबुझ आयोगले लियो गोरेसँग बयान


नेपाल आवाज १७ माघ २०८०, बुधबार १९:२२ मा प्रकाशित ९६१ पाठक संख्या

काठमाडौँ  – सुन तस्करीको अनुसन्धान गर्न बनेको जाँचबुझ आयोगले केन्द्रीय कारागारमा रहेका चुडामणी उप्रेती गोरेसँग बयान लिएको छ। सुन तस्करी र त्यससँग सम्बन्धित विषयसँग आयोगले बयान लिएको हो।


अवैध तरीकाले दुबईबाट ल्याएको सुन तस्करीमा उप्रेतीको संलग्नता रहेको देखिएपछि उनी थुमा परेका थिए। उनी हाल केन्द्रीय कारागारको गोलघरमा रहेका छन्। दुबई बाट तस्करी गरेर ल्याएको सुन काठमाडौँको बानेश्वरबाट हराएको थियो। हराएको ३३ किलो सुन नभेटिँदा गोरे समूहले चोरीमा संलग्न रहेको भन्दै सनम शाक्यको हत्या गरेको थियो। कारागारबाट झिकाएर बयान लिइएको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष डिल्लीराज आचार्यले जनाकारी दिए।

२०७४ माघ ९ मा विमानस्थलमा आएको सुन ‘गोरे’ को समूहले ल्याएको अनुसन्धान निष्कर्ष छ। तर, सो सुन अहिलेसम्म फेला परेको छैन। सुन समितिले अहिले पुराना मुद्दामा संलग्नहरूसँग बयान लिइरहेको छ। उनीहरूबाट केही तथ्यहरू फेला पारेको पनि समितिले जनाएको छ। साथै अनुसन्धानका पुराना फाइलहरूको बारेमा पनि अध्ययन गरेको थियो। समितिले अहिलेसम्म औपचारिक अनौपचारिक गरी करिब ३ सय व्यक्तिसँग सोधपुछ गरिसकेको छ।