FLASH NEWS

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी डिभी भर्ने १० जना पक्राउ


नेपाल आवाज १८ माघ २०८०, बिहीबार २३:०७ मा प्रकाशित ७४५ पाठक संख्या

काठमाडौं – नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी अमेरिकाका लागि आवेदन दिने १० जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंस्थित अमेरिकी दूतावासको समन्वयमा १० जनालाई पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा धनुषाका विवेक उपाध्याय, मकवानपुरका भगवती उप्रेती, लमजुङका रोना गुरुङ, ललितपुरका संजय महर्जन, चितवनका सुमन ढकाल, सिरहाका सक्षम अर्याल, सर्लाहीका सुरज अधिकारी, दोलखाका अशोक श्रेष्ठ, पर्साका पुरुषोत्तम मल्लिक र सर्लाहीका स्वर्णिम दाहाल रहेका छन् ।

२०२३ का लागि डिभी परेकाहरूले नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्न थालेपछि अमेरिकी दूतावासले प्रहरीलाई खबर गरेको थियो । भिसा आवेदनका लागि उनीहरूले एसलएलसी र प्लस टूको नक्कली शैक्षिक प्रमणपत्र पेस गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार माघ १६ गते प्रहरीको विशेष टोलीले महाराजगञ्जस्थित अमेरिकी दूतावासबाट विवेकसहित ३ जनालाई नियन्त्रणमा लिएको थियो। विस्तृत अनुसन्धान गर्दै जाँदा उक्त नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न संजय महर्जनको संलग्नता रहेको प्रहरीले पुष्टि गरेको थियो ।

उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ को लिखत सम्बन्धि कसुरमा थप कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरी उपरीक्षक रेग्मीले बताए ।