FLASH NEWS

भ्रष्टाचारीलाई कारबाही गर्न सरकारले स्टन्डबाजी गर्‍याे : पदम गिरी


नेपाल आवाज २४ माघ २०८०, बुधबार १३:२३ मा प्रकाशित ६४३ पाठक संख्या

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले भ्रष्टाचारीलाई कारबाही गर्ने बहानामा सरकारले स्टन्डबाजी गरेको आरोप लगाएका छन् ।


बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देशमा ठूल्ठूला भ्रष्टाचारका काण्ड सार्वजनिक भए पनि सरकारले दोषीलाई कारबाही गर्ने बाहनामा स्टन्डबाजी गरेको आरोप लगाएका हुन् ।

देशमा व्याप्त भ्रष्टाचार भइरहे पनि सरकार भ्रष्टाचारीलाई संरक्षण गर्न सरकार लागेको भन्दै उनले भ्रष्टाचारीलाई कारबाही गर्न सरकारले इच्छाशक्ति नै नदेखाएको बताए । यसबारे संसदमा आफूहरुले आवाज उठाउने उनको भनाइ छ ।