FLASH NEWS

पूर्वराजा ज्ञानेन्द्र शाह चितवन जांदा तनावमा परे दुर्गा प्रसाईं


नेपाल आवाज २९ माघ २०८०, सोमबार १०:०० मा प्रकाशित २१०७ पाठक संख्या
  • सुशील थापा

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईको आन्दोलनलाई छल्दै पूर्वराजा ज्ञानेन्द्र शाह चितवन प्रस्थान गरेका छन् । झण्डै २ हप्ताका लागि पूर्व राजा शाह परिवारका सदस्यसहित चितवन गएका हुन् ।


राजसंस्था फर्काउने उद्घोषसहित आन्दोलनको घोषणा गरेका प्रसाईंले फागुन १ गते पूर्व राजा शाहकै हातबाट दीप प्रज्वलन गराएर आन्दोलन थाल्ने यसअघि नै घोषणा गरेका थिए । तर, प्रसाईंको आन्दोलनको पूर्वसन्ध्यामा सपरिवार पूर्व राजा चितवन लागेपछि प्रसाईं जिल्लिएका छन् ।

प्रसाईंले गत वर्षको फागुनमा पूर्व राजाकै उपस्थितिमा मेची पूलबाट राजसंस्था फर्काउने उदघोष गरेर अभियान चलाउँदै आएका थिए । प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, नागरिक र धर्म बचाउ अभियानका संयोजकसमेत रहेका प्रसाईंले केही दिनअघि पूर्वराजालाई बिन्तीपत्र पठाउँदै अभियानमा सहभागी हुन आग्रह गरेका थिए ।

सुरुआतमा प्रसाईं नेतृत्वको आन्दोलनले केही हौसियका पूर्व राजपरिवार हाल भने सशंकित बनेको स्रोतको दाबी छ । प्रसाईले राजसंस्था पुनसर््थपनाको नाममा आफ्ना व्यक्रिगत एजेण्डासमेत घुसाएको बुझेपछि पूर्व राजा झस्किएका हुन् ।

प्रसाईले राजसंस्थाको बलियो मुद्दा उठाउँदै आएकोमा राप्रपा पनि प्रसाईंको अभियानबाट सन्तुष्ट छैन् । राप्रपाका नेताहरुसँग निरन्तर भेटघाट गरिरहने पूर्व राजा शाहले राप्रपाकै नेताहरुको सल्लाहमा प्रसाईंको अभियान छलेर चितवन लागेको हुन्सक्ने आशंका गरिएको छ ।

उता, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले व्यवसायी दुर्गा प्रसाईंका पछिल्लो गतिविधिलाई पार्टीले सकारात्मक रुपमा लिएको टिप्पणी गरेका छन्। हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा आवाज उठाएकाले व्यवसायी प्रसाईंका पछिल्लो गतिविधिलाई आफूहरुले सकारात्मक रुपमा लिएको उनको भनाई छ।

यता, प्रसाईको कार्यक्रमलाई भारत र चीनसहितका अन्तर्राष्ट्रिय शक्तिले चासो दिन थाले उनको निकट स्रोतले बताउछन् । भारत र चीनले मात्र होइन, प्रसाईको महाअभियानलाई युरोपियन युनियन, अमेरिका र मध्यपुर्वका देशहरुले महत्व दिएर हेर्ने थाले प्रसाई स्रोतको दावी छ ।  अन्तर्राष्ट्रिय शक्तिले नयाँ र उदयमान शक्तिका रुपमा प्रसाईको जनप्रदर्शनलाई लिएको उनको सचिवालाय स्रोतको दावी छ ।

प्रसाईले राष्ट्रवादी, राष्ट्र, निमुखा, गरिब र भुँइमान्छेका लागि आन्दोलन गर्दै आएका छन्। उनको यो आन्दोलनलाई अन्तर्राष्ट्रिय समुदायले नजिकबाट नियालिरहेको प्रसाईको दावी छ । फागुन १ गते पनि प्रसाईको कार्यक्रमलाई शक्तिका रुपमा हेरिएको छ।

फागुन १ गतेको कार्यक्रममा पनि नागरिकको सहभागिता कस्तो हुन्छ भनेर सबैको चासोको विषय पनि बनेको छ। यति मात्र होइन प्रसाईको कार्यक्रम धेरै सर्बसधारण पनि सहभागि हुने प्रसाईको सचिवालयको दावी छ ।

अहिले जनताले कुन पार्टी कस्तो भनेर थाहा पाइसकेको प्रसाईले बताएका छन्। उनले पार्टीभन्दा ठुलो देश भएका कारण पनि आफ्नो आन्दोलनमा जनताको साथ र समर्थन बढ्दै गएको बताका छन्। आफुव्यक्तिको पछाडीभन्दा देश र जनताका लागि अन्तिम लडाईं लडिरहेको उनले बताए।

प्रसाईंले एक वर्षयता बैंकहरूको चर्को ब्याज कम गर्न, मेडिकल शिक्षा सुधार, वैदेशिक रोजगारी, जनताले गरिखाने वातावरण बनाउन सरकारसँग माग गर्दै आएका छन् । भने, उनले यीनै मागलाई सरकारमाथि दबाब बढाएर कार्यक्रम गर्दै आएका छन्।

प्रसाईको आन्दोलनपछि नेपालमा राजनीतिक स्थीति परिवर्तन हुने समेत विलेश्ण भइरहेका बेला अन्तर्राष्ट्रिय समुदायले समेत उनको कार्यक्रमलाई अर्थपुर्ण रुपमा हेर्देछन्।

फागुन १ गते हुने कार्यक्रममा ६० हजारभन्दा बढी सर्वसाधारण भेला हुने प्रहरीको प्रक्षेपण छ। प्रहरी स्रोतका अनुसार प्रसाईको कार्यक्रममा ६० हजारभन्दा बढी सर्वसाधारण सहभागि हुने अनुमान छ। त्यहीअनुसार सुरक्षा व्यवस्था मिलाउने हो। गत मंसिर ७ गते जतिकै सर्वसाधारण भेला हुने भएपछि त्यही अनुसार उपत्यकामा सुरक्षाको व्यवस्था मिलाउन थालिएको प्रहरीले जानकारी दिएको छ।

यता, दुर्गा प्रसाईले गणतन्त्र सरकार नाङ्गो भएर हामी राष्ट्रबादीहरुलाई खेद्दै छ भनेर आरोप लगाएका छन्। उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पत्र पठाएर फाल्गुन १ गतेको लागि आमसभा गर्न टुँडिखेलमा स्थान मागेको तर आज आएर टुँडिखेलमा हुन्न तपाईंहरू भृकुटी मण्डपमा कार्यक्रम गर्नुहोस् भनेर तोकिएको ठाउँ नदिएको उनले बताए ।

”प्रसाईले आफ्नै देशमा सभा गर्ने ठाउँ सम्म पाउँदैनौं , धिक्कार होस! तिम्रा गणतन्त्रमा बोल्न पाउने अभिव्यक्ती स्वतन्त्रता! अब त अति भएन र ?” भनेर फेसबूकमा पनि स्टाटस् लेखेका छन् ।

उनले आफनो आन्दोलन देश र जनताको हितका लागि शान्तिपूर्ण हुने भएकोले कोही आत्तीनु पर्ने डराउनु पर्ने नरहेको बताए ।जनताका लागि बोल्दा आफु राजनीतिक आक्रमणमा पर्ने गरेको प्रसाईले बताए।

यो पनि पढनुहोस् : पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित चितवनमा, विमानस्थलमा भव्य स्वागत