FLASH NEWS

डलर भाउ सहित युरो र पाउण्डको भाउ पनि घट्याे


नेपाल आवाज १ फाल्गुन २०८०, मंगलवार ०८:०४ मा प्रकाशित ५२३ पाठक संख्या

काठमाडौं –  नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।


जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलर भाउ सहित युरो र पाउण्डको भाउ पनि घटेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार मंगलबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ५१ पैसा र बिक्रीदर १३३ रूपैयाँ ११ पैसा कायम गरिएको छ । यो मूल्उ अघिल्लोदिनको तुलनामा ०५ पैसाले घटेको हो । सोमबार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रूपैयाँ १६ पैसामा कारोबार भएको थियो।

मंगलबार युरोपियन युरोको एकको खरिददर १४२ रूपैयाँ ७१ पैसा र बिक्रीदर १४३ रूपैयाँ ३६ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा २४ पैसाले घटेको हो। सोमबार यसको खरिददर १४२ रूपैयाँ ९५ पैसा र बिक्रीदर १४३ रूपैयाँ ६० पैसामा कारोबार भएको थियो ।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ भने २१ पैसाले घटेर एकको खरिददर १६७ रूपैयाँ १९ पैसा र बिक्रीदर १६७ रूपैयाँ ९४ पैसा कायम गरिएको छ । सोमबार भने यसको खरिददर १६७ रूपैयाँ ३९ पैसा र बिक्रीदर १६८ रूपैयाँ १५ पैसा तोकिएको थियो ।

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ४० पैसा र बिक्रीदर ८६ रूपैयाँ ७९ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ ३८ पैसा र बिक्रीमा ९८ रूपैयाँ ८३ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ८९ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ९३ रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४२ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५० पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९७ पैसा तथा बिक्री दर १० रुपैयाँ ०१ पैसा कायम गरेको जनाइएको छ ।

यसैगरी, मंगलबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३४ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५० पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३४ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५० पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०८ पैसा र बिक्रीदर ३६ रूपैयाँ २४ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर मंगलबार २७ रूपैयाँ ८१ पैसा र बिक्रीदर २७ रूपैयाँ ९३ पैसा कायम गरेको छ ।

साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ४२ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ३७ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ५१ पैसा र बिक्रीदर ३५३ रूपैयाँ १० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।